
नारी बाटिका
काठमाडौं १० असार ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाकाको सुझाव छ ।
कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहने छ। अहिले विहान सम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
यस्तै आजआइतबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का तथा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यस्त्ो आज राति कोशी र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
गत वर्षा र चट्याङको कारण धेरी धनजन बाढी पहिरोले क्षति पुर्याइरहेको हुदा महाशाखाले भारी वर्षा र मेघगर्जन, चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सर्वसाधारणमा सुझाव पनि दिएको छ।







प्रतिक्रिया दिनुहोस