
नारी बाटिका
काठमाडौं ,२७ असार ।
मंगलवार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भए संगै मृतकको खोजी कार्य तिव्रगतीमा भएको थियो ।
उक्त दुर्घटनामा परी पाइलट चेत गुरुङ र अन्य ३ जनाको शव मंगलवार नै हेलिकप्टरमा राखिएको थियाृे । अन्य दुईजनाको शव संकलन गरेर उद्धारमा गएको हेलिकप्टर सम्म ल्याउन केही समय लाग्ने भएकाले मौसम खराबी भए चारजनाको मात्र शव ल्याउने तयारी भइरहेको जनाइएको थियो ।
दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई हेलिकप्टर अवतरण गरी मृतकको उद्धार गरिएको हो ।
नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव मंगलवार नै भेटिएको जानकारी दिनु भएको थियो । साथै असार २६ गते नै मृतकहरुको शवहरु संकलन गरी काठमाडौं ल्याइएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस