आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

बाढीले बगाएको धादिङबेशी जोड्ने फुर्के खोला पुल निर्माणमा कुनै चासो नदेखाएपछी सांसद श्रेष्ठसंग धादिङे नागरिक आक्रोसीत

२०८३ भाद्र ३१, बुधबार मा प्रकाशित ( ४८ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम

धादिङ -३१ भदौ ।

भदौ १० को रसुवा भोटेकोशी नदीको विनाशकारी बाढीले बगाएकोे धादिङबेशी जोड्ने मलेखु फुर्के खोलाको पुल आज २१ दिन बिति सक्दा पनि निर्माण हुने कुनै अत्तो पत्तो नभएपछी माननीय बोधनारायण श्रेष्ठसँग धादिङका नागरिकहरु आत्रोसित भएका छन् ।

संघीय साँसद् श्रेष्ठसंग ठूलो अपेक्षाका साथ भारी मतले निर्वाचन जिताएर पठाएका धादिङे नागरिकले रास्वपाको एकल वहुमतमा बनेको वर्तमान सरकारमा पहँच र निर्णय गर्ने एकल अधिकार हुंदा पनि लाईफलाईनमा रहेको फुर्केखोला मोटरेवल पुल बनाउन साँसद श्रेष्ठ तथा धादिङ क्षेत्र न. २ की सांसद आशीका तामाङले कुनै चासो र पहल नगरेपछी यतिबेला धादिङ जिल्लाका नागरिकहरु रुष्ट बनेका हुन् ।

विगतमा आईएन्जोओमा काम गर्दै राजनीतिक सक्रियता भने तत्कालिन नेकपा माओवादीमा राख्दै आएका धादिङ क्षेत्र नं. २ का साँसद श्रेष्ठ पछिल्लो पछिल्ला समयमा एकाउक रास्वपा पार्टीबाट संघीय सासद्र जस्तो देशको गरिमामय पदमा निर्वाचित बन्न सफल भएका थिए ।

निर्वाचित भएर गैइसकेपछी उनी लगायत देशकै गरिमापय पद सभामुख जस्तो भुमिका पाएका धादिङ क्षेत्र नं. २ मैदी घर भएका डोलप्रशाद अर्याल,समानुपातिक रास्वपाकी सांसद वसुमायाँ तामाङ,सांसद,आशीका तामाङ काँग्रेस समानुपातिक सांसद उर्मिला थपलीया,नेकपा एमाले धादिङ क्षेत्र नं. २ की समानुपातिक सांसद गंगादेवी श्रेष्ठ लगायतले धादिङवेशी जोड्ने प्रमुख नाका फुर्केखोलाको पुल निर्माणमा कुनै चासो नदेखाएपछी नागरिकहरु आक्रोसीत बनेका हुन् ।

त्यसमाथी पनि रास्वपाको वहुमतमा संन्चालित वर्तमान सरकारले चायो भने नुवाकोट तादीखोलामा जस्तै तत्कालै धादिङ फुर्केखोलाको पुल निर्माण गर्न सक्ने पहुँच हुंदा हुंदै पनि सांसद बोदनारायण श्रेष्ठ केवल सामाजिक सञ्जालमा मात्रै देखिएका अभिव्यक्ति र गतिविधिले भने केही प्रश्न अवश्य उठाएका छन्।

रास्वपाका सभापति रवि लामिछानेले ‘३० दिनमा बाढीबाट प्रभावित क्षेत्रमा पनि देश कायापलट गर्दै देशको विकास गर्छौं’ भन्ने दाबी गरेपछी झन् जिल्ला सदरमुकाम धादिङबेँसीसहित उत्तरी धादिङलाई जोड्ने मुख्य मार्गको फुर्केखोला पुल बगाएको २१ दिन बितिसक्दा पनि जनताले भोगिरहेको सास्ती झन झनु बढ्दै गएपछी यस जिल्लाका नागरिकहरु आक्रोसीत बनेका हुन् ।

यतिबेला धादिङका हरेक नागरिकहरुले समस्या परेपछि मात्रै त्यसको गम्भीरता थाहा हुने हो। फेसबुकमा स्टाटस लेखेरै देश कायापलट हुने झै गर्नु हुन्थ्यो त ? अनि अर्को कुरा ग्यास, चामल, पानी, प्लेटदेखि पकाउने भान्सेसम्म सबै कुरा उपलब्ध गराइदिनुपर्ने, गज्जव मालिक ।भनेर आफ्ना पिडाहरु व्यक्त गरिरहेका छन ।

यस्तै धादिङे नागरिकहरु भन्छन जनताले सांसदसँग स्टाटस होइन, संकटका बेला परिणाम खोजेका हुन्। अपेक्षा ठूलो छ, त्यसैले प्रश्न पनि स्वाभाविक रूपमा ठूला छन्। तपाईँहरू काम गर्ने र जवाफ दिने ठाउँमा हुनुहुन्छ, त्यसैले नागरिकहरु प्रश्न होइन काम र उत्तर चाहन्छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस