आज: २०८३ आश्विन १, बिहिबार | Thu, 17, Sep, 2026

आज मेसिन औजार ,उपकरणहरुको विश्वकर्मा पुजा गरी मनाईँदै

२०८३ आश्विन १, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
धादिङ १ असोज ।

आज असोज १ गते विश्वकर्मा पूजा गरी यस पर्व मनाईँदैछ । कन्या संक्रान्तिको दिन अर्थात आज असोज १ गते विश्वकर्मा पूजा गरिन्छ ।

यस दिन भगवान विश्वकर्माको जन्म दिन भएकाले हरेक वर्षको १ गते विश्वकर्मा अर्थात विश्वकर्माले बनाएका हात हतियार सवारी साधनहरु,मेसिन, कलकारखानामा पुजा गरी मनाईने गरिन्छ ।

यसैगरी आज नेपाल लगायत भारतमा विश्वकर्मा पूजा गरी उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले आज विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिन,औजार ,उपकरणहरुको विधिवत रूपमा पूजा आजा गर्ने गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस