आज:  | Mon, 29, Apr, 2024

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा मापदण्ड विपरीत चलेका औषधि पसलको अनुगमन

८ श्रावण २०८०, सोमबार १५:५१ मा प्रकाशित ( ९ महिना अघि) ५०७ पाठक संख्या
नारी बाटिका


काठमाडौ,८ साउन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा मापदण्ड विपरीत चलेका औषधि पसलहरुको अनुगमन गर्न सुरु गरेको छ । देशभरका औषधि पसलहरु मापदण्ड विपरीत चलेको गुनासो नागरिकबाट आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार देखि देशभरका औषधि पसलहरुको अनुगमन कार्य सुरु गरेको हो।

अनुगमन गर्नका लागी स्वास्थ्य मन्त्रालयले २० वटा समूह बनाएर काठमाडौँ, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन थालेको हो । अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रवि कान्त मिश्रले बताउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको समेत बताउनु भयो ।

अनुगमनका क्रममा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले औषधि उत्पादन र बिक्रीका क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन कार्य सुरु गरेको बताउनु भयो । उहाँले फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारण पनि औषधि क्षेत्रमा समस्या रहेको बताउनु भयो ।
मन्त्री बस्नेतले फार्मेसी नभएर लाइसेन्स प्राप्त फर्मासिस्टको प्रमाण पत्र झुन्डाइएको अवस्था देखिएको समेत बताउनु भयो ।

अनलाईन साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस