आज:  | Sun, 28, Apr, 2024

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

१० श्रावण २०८०, बुधबार ०८:२९ मा प्रकाशित ( ९ महिना अघि) ३५१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,१० साउन ।

निकै लामो समयपछी बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ । केन्द्रिय कार्यसमिती बैठक गत साउन २ गतेदेखि जारी रहेको थियो भने उक्त बैठक आज सकिन लागेको हो । ललितपुर स्थित केन्द्रिय कार्यालय सानेपामा एक हप्तादेखि चलिरहेकको बैठकको आज समापनको दिन दिउँसो ४ बजेका लागि बोलाइएको हो।

आज समापन हुदै गरेको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्षमा पुरयाउन सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनु भएको छ । विश्वकर्माका अनुसार आज पाँच बजे बैठकका निर्णय सार्वजनिक हुनेछ। त्यसअघि बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारी बैठक बस्न लागिएको हो ।

बैठक बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको छ । हिजो बोलाइएको बैठक बिना निष्कर्ष सकिएपछि आज फेरि बोलाइएको हो । एक हप्तादेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

धारणा राख्नेहरु मध्य उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय समितिमा पेस भएको समय तालिका सहितको कार्य तालिकासँगै १० वटा प्रस्तावलाई केन्द्रीय सदस्यहरुले दिएको सुझावका आधारमा आज संशोधन सहित पारित गर्ने तयारी पनि गरिएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिनु भयो।

यस्तै स्थानिय तहदेखी केन्द्रिय स्तरसम्म पार्टीको संगठन सुढृद्रीकरणको लागी नेताहरुले प्रस्ताव गरिएको कार्ययोजना पारित गर्न सबैको सहमति रहेको र सुझावलाई पनि समेट्ने विषयमा छलफल भएको उहाँले वताउनु भयो ।

तस्वीर : अनलाईन साभार

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस