आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन

२०८० श्रावण १५, सोमबार मा प्रकाशित ( २ साल अघि) १३३४८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौँ,१५ साउन ।

नेपालमा लम्पी रोगबाट करिब ५० हजार भन्दा बढीमा पशु चौपायाको मृत्यु भई कृषकलाई धनजनको क्षेति भइरहेको बेला नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न निर्देशन दिनु भएको छ । आगमी दिनमा किसानीको पशुचौपायलाई थप क्षति हुनबाट जोगाउन खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उहाँले सङ्घीय, पालिका सरकार र निजी क्षेत्रको सहकार्यमा छिटो भन्दा छिटो सेवा दिन सक्ने गरी तीन दिन भित्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिनु भएको हो ।

पछिल्लो समयमा देशभरबाट लम्पी स्किन रोग लागी ५० हजार भन्दा बढीमा गाईगोरु, बाच्छाबाच्छी, राँगा,भैँसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै झण्डै ११ लाख पशु सङ्क्रमित भएकोमा ८ लाख जति निको भएका र २ लाख भन्दा धेरै सङ्क्रमित अवस्थामा रहेका विभागले जनाएको छ ।

विभागका अनुसार ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । लम्पी स्किन रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी सङ्क्रमित भई मृत्यु भएका छन्।

खेती लगाउने वर्षाको समयमा लम्पी स्किनले महामारीको रुपमा फैलिई किसानीका धेरै पशु चौपायको मृत्यु भइ क्षेति पुगेको अबस्थामा पनि सरकारले खासै प्रभावकारी कदम नचालेको भन्दै किसानहरु आक्रोशित भइरहेका छन् । पशु पालक किसानहरुले लम्पी स्किनलाई महामारी घोषणा गर्न र क्षतिपूर्ति दिन माग गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस