आज:  | Tue, 14, May, 2024

अब बन्ने नयाँ प्रधानन्यायाधीशका नाम टुंगो लगाउन आज संवैधानिक परिषद्को बैठक बस्दै

१६ श्रावण २०८०, मंगलवार ०८:१४ मा प्रकाशित ( ९ महिना अघि) ५६४ पाठक संख्या
नारी बाटिका


काडमाडौं १६ साउन ।

अब बन्ने नयाँ प्रधानन्यायाधीशका नाम टुंगो लगाउन आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा छलफल गर्न तथा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदवन्दीका कारण यसै महिनाको साउन २० बाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।​​ सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नै प्रधानन्यायाधीशको रोलक्रममा हुनु भएको छ । त्यसपछि ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई सहित ८ न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य रहनु भएको अबस्था छ ।​

परिषद्मा आज बस्ने उच्च स्तरिय बैठकले उहाँहरु मध्येबाट एक जनाको नाम सिफारिस गर्नु पर्नेछ। संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनु भन्दा एक महिना अघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नु पर्ने व्यवस्था छ।

विभिनन कारणका बावाजुद प्रधानन्यायाधीशले अवकाश पाउने अब ४ दिन मात्रै बाँकी रहदा बल्ल आज यस विषयमा निर्णय लिन संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।​ मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ समितिमा पठाइने भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस