
नारी बाटिका
खेल खबर
काठमाडौ, १७ साउन ।
यू(२० एशिया रग्बी खेल नेपालमा आयोजना हुने तयारी भईरहेको छ । एसिया रग्बी यू–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियन सिप नेपालमा आयोजना हुने भएकोले तयारी गरिदै छ । नेपाल रग्बी संघले आगामी भदौ २ र ३ गते आयोजना गर्ने उक्त प्रतियो गितामा पुरुष तर्फ विभिन्न ७ र महिला तर्फ ३ राष्ट्रको सहभागिता रहने भएको छ।
प्रतियोगिताका बारेमा जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले पुरुष तर्फ आयोजक नेपाल सहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहने बताएका छन् ।
यस्तै महिला तर्फ नेपाल, थाइल्यान्ड र मलेशिया रहेका छन्। उक्त प्रतियोगिताको विजेता टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्नेछ। उक्त प्रतियोगिताका लागि गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको लागि करिब ७२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाइ रहेको छ। उक्त प्रतियोतिगाको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ।







प्रतिक्रिया दिनुहोस