आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

पहिरो खस्दा मुग्लिन(नारायणगढ सडक अवरुद्ध भयो

२०८० श्रावण २३, मंगलबार मा प्रकाशित ( २ साल अघि) ५०७६ पटक पढिएको
नारी बाटिका


२३ मंगलबार,साउन ।

कालिखोलामा पहिरो खस्दा चितवन नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेपछी उक्त क्षेत्रमा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज मंगलबार बिहानै लेदो सहितको पहिरो खसेसँगै सडक दुई तर्फी रुपमा अवरुद्ध भएको जानकारी दिनु भयो । नेपाल प्रहरी लगायतका टोलिले पहिरो पन्छाउने तयारी भइरहेको उहााले बताउनु भयो ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्। यो सडकखण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस