
बिबियु,नारी वाटीका डट्कम
धादिङ-१६ असोज ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा असोज १७ गते शनिबार परेवाटार,पिपलटार,आदमटार,बेलिनटार,मास्टार सडक खण्डमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाईएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङ गजुरी गाउँपालिका २ फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि वैकल्पिक सडकका रुपमा प्रयोग भइरहेको परेवाटार,पिपलटार,आदमटार,बेलिनटार,मास्टार सडक खण्ड मर्मत सम्भार गर्नका लागी दिनभर याताथाय आवागमनमा रोक लगाईएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा आज एक सुचना जारी गर्दै परेवाटार,मास्टार वैकल्पिक सडकमा भोलि शनिबार असोज १७ गते बिहान १० बजेदेखि दिनको ३ बजेसम्म पूर्ण रूपमा बन्द रहने जनाएको छ।
प्रशासन कार्यालयले यस अवधिमा यात्रा गर्दा वैकल्पिक मार्गके रुपमा प्रयोग गर्न सकिने वैकल्पिक मार्गहरूमा धादिङबेँसी, सुनौला बजार,भोल्र्याङ,कोसिखोला( फोस्रेटार( कल्लेलीटार मार्ग वा अन्य वैकल्पिक बाटोहरू प्रयोग गरी सहयोग गरिदिनुहुन सम्पूर्ण सवारी चालक तथा यात्रीहरूमा अनुरोध गरिएको छ।
जारी गरिएको सूचना।













प्रतिक्रिया दिनुहोस