
बिबियु,नारी वाटीका डट्कम
धादिङैं =१४ असोज ।
गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।
मन्त्रालयमा सोमबार भएको बैठकको निर्णयले विभिन्न ६ जिल्लाका सीडीओ र दुई जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को जिम्मेवारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ।
यसैगरी, गृह्रले सहसचिव तथा उपसचिवलगायतका उच्च तहका अधिकारीहरूको पनि जिम्मेवारी हेरफेर गरेको छ । केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई मन्त्रालयमा तानिएका छन् भने केही अधिकारीहरुलाई अन्य नयाँ जिल्लामा सरुवा गरेको छ।
गृह मन्त्रालयका अनुसार प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र चुस्त बनाउन नियमित प्रक्रिया अन्तर्गत यो हेरफेर गरिएको हो भनेर जनाएको छ । 












प्रतिक्रिया दिनुहोस