आज:  | Sun, 05, May, 2024

गएरातीको वर्षादले पहिरो गई अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

२३ श्रावण २०८०, मंगलवार १७:०३ मा प्रकाशित ( ९ महिना अघि) ३१६ पाठक संख्या
नारी बाटिका


२३ मंगलबार,साउन ।

गए रातीको वर्षादले पहिरो गई अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने नारायणगढ–मुग्लिन सडक खण्ड पहरो खसी अवरुद्ध भएको थियो । हाल नेपाल प्रहरी लगायतका टोलीले पहिरो पन्छाएपछी दुईतर्फी सञ्चालनमा आएको हो।

मङ्गलवार बिहान करिव ५ बजेतिर लेदो सहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी रुपमा अवरुद्ध भएको सडक पहिरो पन्छ्याएपछि दिउँसो २ बजेदेखि सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका–६ को कालीखोलामा पहिरो खसेसँगै सडकमा गाडी आउजाउ रोकिएको थियो ।बिहान ११ बजेदेखि एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरूपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका गाडी गन्तव्य तर्फ लागेका छन् ।तर विगत देखीनै यस सडक खण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस