आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय

२०८० श्रावण २३, मंगलबार मा प्रकाशित ( २ साल अघि) ७७१९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ, २३ साउन ।

पछिल्लो समयमा मुलुकमा साइबर क्राइमका घटनाहरु तिब्रगतिमा घट्न थालेपछी सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय गरेको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।

विषेश गरी साइबर क्राईम बाट महिला,बालबालिका तथा सर्व साधारणमा सामाजिक संन्जालनको प्रयोग र दुरुपयोगको बारेमा प्रयाप्त चेतना नहुदा ठगी धन्दा गर्ने गिरोहहरुले र्फादा उठाउने गरेका छन् । साथै सामाजिक संन्जालनको दुरुपयोग गर्नेहरुलाई कानुनी दायरामा ल्याउन मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनु भयो ।

साथै आजै बसेको मन्त्रिपरिषद्को बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस