आज: २०८३ आश्विन २, शुक्रबार | Fri, 18, Sep, 2026

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

२०८३ आश्विन २, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


तस्वीर : स्रोत नेपाल प्रहरी

नारी वाटीका डट्कम

बझाङ -२ असोज ।

बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट घर भएकी कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार ति महिलाले पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट आफुले घरमा पालेको कुकुरलाई जवरजस्ती धकेली सेती नदीमा फाली पशुपन्छी प्रति निर्दयी व्यवहार देखाएको उक्त पुलबाट फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएको थियो ।

उक्त घटनासम्बन्धी अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जिल्ला बझाङ जयपृथ्वी नगरपालिका –०३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले निज बिमला देवी रोकायालाई बिहिबार बेलुकी पक्राउ गरी घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस