आज:  | Sat, 27, Jul, 2024

बिद्येयक प्रमाणीकरणका विषय आदीमा छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

६ भाद्र २०८०, बुधबार ०८:४१ मा प्रकाशित ( ११ महिना अघि) ५१३ पाठक संख्या
नारी बाटिका


तस्वीर : अनलाईन साभार

काठमाडौं,०६ भदौ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने भएको छ । उक्त बैठक वुधबार दिउँसो ३ बजे बोलाईएको छ । आजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री र मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्रहरु पढेर सुनाइने भएको छ ।

यस्तै संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव( टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउनु हुने भएको छ । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराईनेछ ।

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव समेत पेश गर्नु हुनेछ ।

साथै शिक्षा मन्त्री अशोक कुमाार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।

उता, बिषयगत समितिको सदस्य हेरफेरदेखि १० पटक सम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ । साथै संसदीय समितिका सदस्यहरूको नामावली हेरफेरको सुचना पनि जानकारी गराइनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस