आज:  | Mon, 20, Jan, 2025

जिल्ला खेलकुद समिती भवन मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

७ भाद्र २०८०, बिहीबार १९:१५ मा प्रकाशित ( १ साल अघि) १६३८ पटक पढिएको
नारी बाटिका


धादिङ ०७ भाद्र

जिल्ला खेलकुद समिती धादिङको भवन निर्माण भई बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्धारा आज उद्घाटन गर्नु भएको छ । जिल्ला खेलकुद विकास समिति धादिङको नव निर्मित भवन आज एक समारोहका बिच मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्र्नुु भएको हो ।

विहीबार जिल्ला खेलकुद बिकास समितीद्धारा कार्यक्रमको आयोजना गरि मुख्यमन्त्री जम्कट्टेलको वाहुलीबाट धादिङको नव निर्मित भवन उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले संमृद्ध बागमती प्रदेश बनाउन खेल क्षेत्रलाई पनि उत्तिकै महत्वपूर्ण दिनु पर्ने बताउनु भयो । खेलकुदको भौतिक संरचना सँग खेलकुद विकासले मात्रै बागमती प्रदेश समृद्ध बन्न सक्ने बताउनु भएको छ ।

त्यस्तै बागमती प्रदेशका १४ वटै जिल्लाहरुमा खेलकुद विकासलाई जोड दिई कार्यायोजना बनाई काम गरिरहेको बताउनु भयो । धादिङको उत्तरी क्षेत्र सांकोष तिप्लिङ सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै किन्ताङ फेदीको वेलीबृज निर्माणको कार्य तत्काल अगाडी नबढेँ यस्को जिम्मा प्रदेश सरकारले लिई डिपीआरको कार्यायोजना अगाडी बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।

त्यस्तै संविधानसभा सदस्य धन बहादुर घलेले संबृद्ध धादिङ ‘राम्रो धादिङ,हाम्रो धादिङ’ बनाउन बागमति प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्न जरुरी रहेको बताउनु भयो । बागमती प्रदेश सरकारको नेतृत्व धादिङको मुख्यमन्त्रीले गरिरहेको हुँदा सबै नागरिकले साथ सपोर्ट गर्न आवश्यक रहेको बताउनु भयो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा भएको उक्त भवन उद्घाट कार्यक्रममा प्रदेश सांसद मायाँदेवी शर्मा, एमाले धादिङका उपाध्यक्ष तथा संविधान सभा सदस्य धनबहादुर घले, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, धुनीबेसी नगर पालिकाका प्रमुख बालकृष्ण आचार्य,रुविभ्याली गाउँपालिकाको अध्यक्ष राम सिं तामाङ,प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैरे,जिल्ला प्रहरी कार्यलय धादिङका उपरिक्षक गौतम मिश्र, लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई अनुशासित,लगनशिल हुन आवश्यक रहेको बताउदै तीन वटै स्थानीय तह सरकारले थप आवश्यक बजेट बिनीयोजन गर्नुपर्ने बताएका छन् ।

२०५२ सालमा स्थापना भएको खेलकुद बिकास समिती धादिङको नयाँ भवनको शिलान्यास भने गत माघ २५ गते मुख्यमन्त्री जम्कट्टेलले नै गरेका थिए । बागमती प्रदेश सरकारले उक्त भवन निमार्णका लागि १ करोड विनियोजन गरे पनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रालिले ७१ लाखमा टेन्डर पारी कार्य सम्पन्न गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस