आज: २०८३ मंसिर ८, मंगलबार | Tue, 24, Nov, 2026

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको पुर्व सनंध्यामा दिप प्रज्वलन कार्यक्रम

२०८३ मंसिर ८, मंगलबार मा प्रकाशित ( ५ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ मंसिर ।

हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म मनाईँने लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको पुर्व सनंध्यामा आज धादिडवेशीमा दिप प्रज्वलन गरिएको छ ।

“Unite to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity”भन्ने अन्तर्राष्ट्रीय नारा तथा  ” लैंगिक हिंसा अन्त्यका लागी ऐक्यबद्धता,पिडितको संरक्षण;दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चतता” राष्ट्रीय मुल नाराका साथ घर परिवार तथा समाजमा कहिल्है अन्त्य हुन नसकेको लैंगिक, माहिला तथा बालिकामाथी हुने हिंसालाई न्युनिकरण गर्ने मुख्य उदेस्यले यस्ता कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ गते अर्थात नोभेम्वर २५ देखी सुरु हुंदैछ । सोही अभियानको पुर्व संन्ध्यामा निलकण्ठ नगरपालिकाको मुल आयोजक समितिको आयोजना तथा नगर प्रमुख भिमप्रशाद ढुंगानाको अध्यक्षतामा मंगलबार साँझ धादिङको बिचबजारस्थित क्याम्पस चोकमा सचेतनामुलक दिप प्रज्वलन गरिएको हो ।

भोलीदेखी १६ दिनसम्म विभिन्न सचेतनामुलक कार्यक्रमहरु संन्चालन गरी मनाईँने यस दिवसीय अभियानमा नीलकण्ठ नगरपाललकाको संयोजत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

कार्यक्रमको सन्धर्वमा उक्त समिति मार्फत  नगरपालिकाकाभित्र मुख्य कार्यालय संन्चालन गर्दै आएका विभिन्न गैरसरकारी संघ सस्थाहरु,सहकारी संस्थाहरु,नगरपालिका अन्तर्रगतका १४ वटै स्वास्थ्य संस्थाहरुको आयोजनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिने कार्यतालिका रहेको छ

साथै अभियानको पहिलो दिन बुधबार विहान ७ बजे धादिङवेशीको पुछारबजारदेखी सिरनबजार दही चौतारासम्म प्रभातफेरी कार्यक्रम हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑