
नारी बाटिका
काठमाडौं,०९ भदौ ।
नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष सम्मको अबधिको लागी विकास ऋणपत्र २०८५ ‘जारी गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिक समेतले विकास ऋणपत्र खरिद गर्न सक्ने छन् । यस ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।
यस ऋणपत्रको कारोबार गर्न धितो राखी कर्जा समेत लिन सकिने पनि ब्यवस्था गरिने भएको छ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुने जनाइएको छ । साथै यस ऋणपत्रकको कारोबार गर्दा अर्ध वार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ भने ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।
यसको कारोबार गर्दा घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन पाउने छन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत मात्र हुनेछ ।








प्रतिक्रिया दिनुहोस