आज:  | Sun, 12, May, 2024

नागरिकता प्रमाणवत्र र शैक्षिक प्रमाणपत्रमा फरक परेमा सच्याउने अवधि पाँच वर्ष

१२ भाद्र २०८०, मंगलवार १७:२५ मा प्रकाशित ( ८ महिना अघि) ४४५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,  १२  भदौ

नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात आदी फरक पर्न आएमा सच्याउने अवधि पाँच वर्ष हुने भएको छ । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समय सापेक्ष परिमार्जन गरी तेस्रो संशोधन नियमहरू २०८०’ पारित गरेको छ ।

यसअघी शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात आदी नमिल्दा त्यसलाई सच्याउने प्रावधान निकै झन्झटिलो थियो । यस समस्या सुल्झाउने विगतको सीमित अवधिको कारण खासगरी विद्यार्थी वर्गमा निकै समस्था झेल्नु परेको थियो । हालसालै सरकारले बनाएको नयाँ व्यबस्था अनुसार यसअघिको ६ महिनालाई खारेज गरी अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्राालय मन्त्रि सचिवालयका उपसचिव वेदनिधि खनालले सहज बनाउने र त्रुटि भएको सच्याउने समय थप हुनेगरी नियम पारित भएर आएको जानकारी दिनु भयो । शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकता बाहेक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्ने भएका छन् ।

विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइ सकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानुन बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नामथर संशोधन गराएकामा सो बमोजिम एसएलसी, एसइई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्ष भित्र दरखास्त दिन पर्ने छ ।

“तर यदी कुनै विद्यार्थीले यो उपनियम लागु हुनु अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर संशोधन गराएकामा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकका लागि यो उपनियम प्रारम्भ भएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ”,।
सो कुरा उक्त उपनियममा उल्लेख गरिएको छ ।

त्यस्तै नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउनको लागी सम्वन्धित विद्यार्थीले दरखास्त दिन पाउने छ्न । गृहमन्त्रालयद्धारा मन्त्रिपरिषद् बैठकले यस व्यवस्था (नियम) पारित गरेको जनाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस