नारी बाटिका
बिबियु
धादिङ -१६ जेठ ।
नेपाल ट्रेड युनियन काँग्रेस धादिङको दोस्रो जिल्ला परिषद तथा महिला भेला सम्पन्न भएको छ । बुधबार धादिङको जिल्ला सदुमुकाम धादिङबेसीमा नेपाली काँग्रेस केन्द्रीय सदस्य रमेश धमलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
नेपाल ट्रेड युनियन काँग्रेस धादिङका अध्यक्ष धुर्व रीजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङग्रेस धादिङका जिल्ला सभापति तथा पुर्व कृर्षीमन्त्री रामनाथ अधिकारीको विशेष आतिथ्यता रहेको थियो
कार्यक्रममा शुभकामना दिनु हुँदै पार्टी सभापति अधिकारीले मजदुरका हक,हितमा नेपाली काँग्रेस साथै रहेको र पछिल्लो समयमा सरकारले पार्टीका ट्रेड युनियनलाई खारेज गर्ने निर्णय विरुद्ध सबै एकजुट हुनु पर्ने स्पष्ट पार्नु भयो ।
सो क्रममा सभापति अधिकारीले नेपाली काँग्रेसले मुलुकमा देश र जनताका निमित्त सयौं राम्रा काम गरेको भएपनि पार्टीभित्रका १।२ जना नेताको खराब भैइदिनाले सिंगो काँग्रेसलार्ई गत निर्वाचनमा असर परेको धारणा राख्नु भयो ।
यस्तै नेपाली काँग्रेसले जहिलेपनि नागरिकका हितमा प्रभावकारी रुपमा काम गर्नु पर्ने साथै श्रमिकहरुलाई परेको समस्यामा आफु जहिले पनि सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी रमेश धमलाले ट्रेड युनियनले श्रमिक,मजदुर र किसानहरुको पक्षमा आवाज उठाई काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काङग्रेस वागमति प्रदेशका अध्यक्ष गणेश भट्टराई,केन्द्रीय सदस्य सान्ती धामी,नेपाल शिक्षक संघ वागमति प्रदेशका अध्यक्ष दिपक सिंखडा,शिक्षक संघ धादिङका अध्यक्ष देवी छत्कुली,महिला संघ धादिङका अध्यक्ष लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।








प्रतिक्रिया दिनुहोस