आज: २०८३ जेष्ठ १५, शुक्रबार | Fri, 29, May, 2026

गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निषेध

२०८३ जेष्ठ १५, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १५ जेठ ।

१९ औं गण्तन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निषेध गरिएको छ ।

आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो उक्त समारोहमा पूर्वप्रधानमन्त्रीहरू सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्नलाई निमन्त्रणा नगरिएको पाइएको छ ।

यद्यपि पुर्व प्रधानमन्त्री शेरवहादुर देउवा भने स्वास्थ्य उपचारका लागि देश बाहिर हुन भएको अवस्था छ । भदौ २३ र २४ को जेनजी आन्दोलनमा आक्रमणमा परी घाईते भएका देउवा दम्पत्ति द्वय हालसम्म नेपाल नफर्किएर विदेश मै उपचारर्थ रहेका छन् ।

पुराना राजनितिक दलका केही नेताहरुको त्याग र वलीदानीबाट मुलुकमा राणा शासनको अन्त्य गरी गणतन्त्र ल्याउन संघर्षरत पूर्वप्रधानमन्त्री लगायतका विशिष्ट श्रेणाीका व्यक्तिहरुलाई कार्यक्रममा नबोलाएकोमा पुर्व विशिष्टहरु मध्यमा खनालले टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा आफूलाई निम्ता नगरिएको बताए । उनले अन्य सरकारका बेला निमन्त्रणा आउने गरे पनि यसपटक कुनै औपचारिक निमन्त्रणा नआएको पुष्टि गरे ।

यद्यपि, निमन्त्रणा नआएको विषयलाई आफूले कुनै ठूलो सवालको रूपमा नलिएको खनालको प्रतिक्रिया छ । गणतन्त्र दिवसको समारोहमा मुलुकको कार्यकारी प्रमुख रहेका प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन भएपनि यस पटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नु भएको । तर, प्रधानमन्त्री शाहले भने गणतन्त्र दिवसको समारोहमा कुनै सम्बोधन गर्नु भएन ।

प्रधानमन्त्रीले मुलुकको गणतन्त्र दिवसमा समेत सम्बोधन नगरेको भन्दै नागरिक तहका आलोचना चुलिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र दिवसको दिन स्वयं प्रधानमन्त्रीबाट सम्बोधन नहुनु व्यवस्थाप्रति अनास्था रहेको धारणा व्यक्त गरेका छन् ।

‘ ‘राष्ट्रको कार्यकारी भूमिकामा भएको व्यक्तिले गणतन्त्र दिवसको दिन सम्बोधन नगर्नु व्यवस्थाविरोधी लाइनमा उभिनु हो भनेर पुर्व प्रधानमन्त्रीहरु तथा राजनितिक तहमा टिका टिप्पणी गरिएको छ । यस्तै पुर्व प्रधानमन्त्री खनालले भने ’ लोकतान्त्रिक गणतन्त्र ल्याउँदा अग्रजले खेलेको भूमिका र गरेको योगदानलाई कसैले पनि अवमूल्यन गर्न नहुने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस