आज:  | Thu, 16, May, 2024

मानव बेचविखन विरुद्धको १७ औ राष्ट्रिय दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

२० भाद्र २०८०, बुधबार १८:५४ मा प्रकाशित ( ८ महिना अघि) ६२६ पाठक संख्या
नारी बाटिका


धादिङ २० भदौ ।

जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा मानव बेचविखन विरूद्धको १७ औं राष्ट्रिय दिबसका अवशरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवसको अवसरमा आज भदौ २० गते बिहान धादिङको पुछारबाट सचेतनामूलक प्रभात फेरी सहितको कार्यक्रमको आयोजना गरिएको थियो ।

कुनैपनि मानिसलाई नेपालबाट बैदेशिक रोजगारीको लागी भनी अवैध रुपमा हुने मानव तस्कर,विदेश वा स्वदेश भित्रै पनि होटल,रेष्टुरेन्ट,यातायात लगायतका क्षेत्र,घरेलु कामदारमा ,जबर्जजस्ती यौनजन्य कार्य आदीमा इच्छा बिपरित भएका कार्यलाई मानब बेचबिखन भनिएको छ । त्यस्तै बिना पारिश्रमिक श्रम शोषण लगायका कार्य भएको वा देश वाहिर अन्यन्त्र मुलुकमा लानका लागि लागुऔषध प्रयोग गरीने कार्य आदीमा आफुमाथी कोही कसैले फसाईएको भएमा तत्कालै नेपाल प्रहरीको सहयोग लिनु पर्छ भन्ने सन्देश दिएको थियो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा प्रहरी प्रमुख गौतम मिश्रको अध्यक्षा तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । सरकारले मानव बेचबिखनविरुद्धको कानुन कार्यान्वयनको प्रयासलाई केही बढाएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यौनजन्य कार्य,बेचबिखन र श्रम बेचबिखनका केही स्वरूपहरूलाई अपराधीकरण गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा समेटिएको बेचबिखनको परिभाषा बेचबिखनको अन्तर्राष्ट्रिय परिभाषासँग एकरूप छैन । सो ऐनले “मानव बेचबिखन” को परिभाषालाई मानिसको किनबेचमा र अर्को व्यक्तिलाई वेश्यावृत्तिमा लगाउने कार्यमा सीमित गरेको छ । बल प्रदर्शन, जालसाजी वा करकापलाई यसले आधारभूत कसुरको अनिवार्य तत्त्वको रूपमा समावेश गरेको छैन ।

र यसले बाध्यात्मक श्रमलाई स्पष्ट रूपमा सम्बोधन गरेको छैन । कानुनले “मानव ओसारपसार” लाई वेश्यावृत्तिमा लगाउने वा दास वा कमैया श्रमिक बनाउने उद्देश्यले बल, जालसाज वा करकापमा पारी कसैलाई बसिरहेको घरबाट छुटाई लैजाने कार्यका रूपमा छुट्टै परिभाषित गरेको छ ।

पछिल्लो समयमा मुलकका धरै नागरिकहरु विभिन्न बहानामा स्वदेश वा विदेशमा मानव तस्करहरुको जालोमा बिचबिखन भईरहेका राष्ट्रिय मानवधिकार आयोगको तथ्यलेङले पनि पुष्टी गरेको छ । नेपालमा कयौं मानिसहरु मानब बेचबिखनको सिकार भैईरहेका र स्वदेश वा विदेशमा हुने मानब बेचबिखन बिरुद्धका विषयमा समुदायमा सचेतना जगाउनको लागी सन्देशमुलक सामग्री सहित प्यले कार्ड,ब्यानर,तथा अडियो प्रशारण गरिएको थियो ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वुधबार मानव बेचविखन विरुद्धको १७ औ राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।सो अवसरमा गैसस महाँसंघ धादिङका अध्यक्ष,शालिकराम दुवाडी,नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती,फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुली,रेडक्रस धादिङका सभापती, आईसीडिसी धादिङका टिमहरु,पत्रकारहरु लगायतको संस्थागत सहभागिता रहेको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धादिङद्धारा आयोजित कार्यक्रमा विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रतिनिधीहरु,पुर्व प्रहरी संगठनका प्रतिनिधीहरु, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु र प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा धादिङवेसी पुछार बजार देखी बिचबजार सम्म मानव बेचविखन बिरुद्धको सचेतनामुलक जिङगल प्रशारण गरी मावन बेचविखन सम्बन्धी कानूनी प्रावधान तथा सुचनामुलक प्रर्चा समेत वितरण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।कार्यक्रममा बक्ताहरुले मन्तव्य राख्दै कुनैपनि मानिसलाई ललाई फकाई भारत तथा तेस्रो मुलुक लगेर बेचविखन हुने विषय ठुलो समस्याको रूपमा रहेको बताएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस