आज:  | Wed, 01, May, 2024

पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछी अस्पताल भर्ना

२५ भाद्र २०८०, सोमबार ०७:४९ मा प्रकाशित ( ७ महिना अघि) ३८१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२५ भदौ ।

पूर्व राष्ट्रपति रामवरण यादव अस्पताल भर्ना हुनु भएको छ । उहाँलाई उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिए पछि आइतबार वीर अस्पतालको भीआइपी कक्षमा भर्ना हुनु भएको छ । यादवको केही समय देखी स्वास्थ्यमा समस्या देखिएपछी उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो ।

पूर्व राष्ट्रपति यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि आइतबार वीर अस्पतालको भीआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा‍.डा‍. भूपेन्द्र कुमार बस्नेतले जानकारी दिनु भएको छ।

उपचारका लागि उहाँलाई केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ। ‘उहाँको स्वास्थ्य अवस्था स्थिर छ।

चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको निगरानी राखिरहेको छ। त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ’, उपकुलपति बस्नेतले बताउनु भयो ।साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनु भएको छ ।

उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताउनु भयो । पछिल्लो समयमा बिर अस्पतालको सेवा सँग सबैजना सन्तुष्ट हुनुहुन्छ’, मन्त्री बस्नतेले भन्नु भयो ‘वीर अस्पतालले विशिष्ट व्यक्तित्वका लागि मात्र नभई सबै सेवाग्राहीको विश्वास जिति रहेको छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस