
नारी बाटिका
काठमाडौं,२६ भदौ ।
नेकपा एमाले पार्टीभित्रका एक चम्किला तारा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराती हृदयघातको कारण निधन भएको छ । उहाँको निधनमा नेकपा एमालेले ‘पार्टीको बलियो मियो ढलेको छ भने एक ओझिला र सान्त स्वभावका अभिभावक समेत गुमाएको छ । अकास्मात उहाँको निधन भएपछी नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ प्रतिक्रिया दिएका छन्।
‘आज हाम्रो मियो ढलेको छ । अभिभावक गुमायका छौ, मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईँको पार्टीप्रतिको योगदान कहिल्यै बिर्सने छैनौँ । आदरणीय नेता सुवास नेम्वाङज्यू ।
त्यसैगरी राजनितिकदलका विभिन्न नेताहरुले उहाँको प्रार्थिर्व शरिरमा मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उपाध्यक्ष नेम्वाङको निधनको खबर पाएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए ।








प्रतिक्रिया दिनुहोस