आज:  | Thu, 16, May, 2024

आजको मौसम सम्वन्धि जानकारी : हल्कादेखि मध्यम वर्षाको सम्भावना

२७ भाद्र २०८०, बुधबार ०७:१२ मा प्रकाशित ( ८ महिना अघि) २६२ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२७ भदौ ।

आज बिहान बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक।देई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको दक्षिण,पश्चिम, उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव परिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस