
नारी बाटिका
धादिङ,०४ असोज ।
पछिल्लो साता ओरालो लागेको डेंगु संक्रमित आज २२ जनाको संख्यामा थपिएका छन् । धादिङमा केही दिनदेखी सक्रमितको दर घट्दै गएको थियो । विहिबार धादिङका २२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यलय धादिङले दिएको जानकारी अनुसार बिहीबार नीलकण्ठ नगरपालिकाका १९ जना, सिद्धलेक, ज्वालामुखी र नेत्रावती डबजोङ गाउँपालिकाका १र१ जनामा डेंगु पुष्टि भएको छ ।
यस जिल्लामा हालसम्म १५ सय ८४ जना महिला र १४ सय ८८ जना पुरुष गरी ३ हजार ७२ जना डेंगु संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ । धादिङका कुल संक्रमित संख्या मध्ये नीलकण्ठ नगरपालिकाको मात्रै २५ सय ४१ ज्ना संक्रमित भएका छन् ।
यस्तै ज्वालामुखीमा १३१, सिद्धलेकमा १११, बेनीघाट रोराङमा ७६ जना, त्रिपुरासुन्दरीमा ६७, गजुरीमा ३० जना, गंगाजमुना गाउँपालिकामा २७ जना, खनियावासमा १९ जना, रुवीभ्यालीमा १८ जना रहेका छन् ।
त्यसैगरी, नेत्रावती डबजोङमा १७ जना, गल्छीमा ११ जना, धुनिबेशीमा १० जना र थाक्रेमा १ जना संक्रमित गरी हालसम्म जिल्लामा १५ सय ८४ जना महिला र १४ सय ८८ जना पुरुष गरी ३ हजार ७२ जना डेंगु संक्रमित पुष्टी भैइसकेको छ ।







प्रतिक्रिया दिनुहोस