आज:  | Sun, 19, May, 2024

११ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा १ युवा पक्राउ

९ आश्विन २०८०, मंगलवार १२:५२ मा प्रकाशित ( ७ महिना अघि) ४०५ पाठक संख्या
नारी बाटिका


अर्घाखाँची,०९ असोज ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क २ मा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा १ युवा पक्राउ परेका छन् ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका(२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

निज राम बहादुर पुनले बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस