आज:  | Fri, 17, May, 2024

विहिबार देखी धादिङबेसीमा संघ,प्रदेश र स्थानिय तहहरुको बार्षिक समीक्षा कार्यको सुरु

१९ आश्विन २०८०, शुक्रबार ०८:२५ मा प्रकाशित ( ७ महिना अघि) ४४२ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

संवाददाता नारी वाटिका डट्कम

धादिङ,१९ असोज ।

विहिबार देखी धादिङवेशीमा संघीय,प्रादेशिक तथा स्थानिय तहहरुको बार्षिक समीक्षा कार्यको सुरु भएको छ । गएको स्थानिय निर्बाचन र संघ र प्रदेशको निर्बाचन पछी जिल्लाबाट विभिन्न तह र तप्कामा रहेर जनताको सेवा गर्न र विकास निमार्ण,जिल्लामा सान्ति सुरक्षा,नागरिकका समस्यासँग गम्भिर भएर काम गर्न भनी मतदान गरी जिम्मेवारी दिएर पठाएका पालिका,प्रदेश र संघिय जनप्रतिनिधीले आ आफ्नो क्षेत्रमा बसी के काम र कति बजेटमा गरियो भन्ने विषयमा पृष्टपोषणका लागी प्रत्येक वर्ष समिक्षा हुने गर्दछ ।

साथै जिल्लामा सम्बन्धित क्षेत्रका सम्वनिधत जनप्रिितनिधीहरुले गरेका बिकास संग सम्वन्धित सबै कामको समिक्षा गर्ने र तिनै तहहरुको आर्थिक वर्ष २०७९र०८० को वार्षिक कार्यको समिक्षा गरी आगमी आर्थिक वर्षमा थप जिम्मेवारी बन्नको लागी सम्वन्धित जनप्रतिनिधीहरुलाई मार्ग निर्देशन गर्ने कार्यक्रम जिल्ला वार्षिक समिक्षा हो । जिल्ला समन्वय समितीको आयोजनामा विहिवार देखी धादिङबेशीमा सुरु भएको हो ।

जिल्ला समन्वय समिति धादिङको आयोजनामा जिल्ला स्थित विकास निर्माण संग सम्बन्धित रहेर बार्षिक प्रगती समीक्षा कार्यक्रम हिजोदेखि सुरु भएको र यस कार्यक्रम २ दिनसम्म चल्ने आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघिय सांसद रामनाथ अधिकारी, डिपि अर्याल, प्रदेश सांसद मायादेवी शर्मा लगायत धादिङ जिल्लाबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख तथा कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले योजना छनोट र बजेट बिनियोजनमा स्थानिय तहका प्रमुखहरु संग समन्वय नगर्दा समस्या हुने गरेको बताउनु भएको छ ।

त्यसैगरी संघीय सांसद रामनाथ अधिकारीले जनप्रतिनिधिहरुले जनता प्रति उत्तदायी भएर कार्य सम्पादन गर्नु पर्ने बताउनु भयो । निर्बाचनका बेला जनतासामु गरेको वाचा कबोलहरु जनप्रतिनिधिहरुले ईमान्दारिताको साथ पुरा गर्नु पर्ने भन्दै उहाँले बिभिन्न ऐन जारी नगर्नाले समस्या बढ्दै गएको बताउनु भएको छ ।

तेस्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्बोधन गर्नुहुदै बागमती प्रदेशका बागमती प्रदेश सरकारले बिना प्रतिशोध हस्तक्षेप नगरी समन्वयात्मक ढङ्गले कार्य सम्पादन गर्दै आएको बताउनु भएको छ । प्रदेश सभाले बनाएका कानुन र कार्यबिधिलाई टेकेर नै कार्य सम्पादन गर्दै आएको उहाँको भनाई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस