आज: २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026

सुन तस्करी प्रकरणका आरोपी कृष्णबहादुर महराका छोरा राहुल सुक्रबार जेल चलान

२०८० आश्विन २७, शनिबार मा प्रकाशित ( २ साल अघि) ९६२५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ,२७ असोज ।

केही समयदेखी अनुसन्धनमा मुद्धा चलि रहेका भेपमा सुन तस्करी गर्ने कृष्णबहादुर महराका छोरा राहुल सुक्रबार जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँले हिजो सुत्रबार सुन तस्करी प्रकरणका आरोपी राहुल महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा पठाउने आदेश दिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। राहुल नेकपा माओवादी केन्द्रका नेता, पूर्व सभामुख कृष्णबहादुर महराका छोरा हुन्।

शर्माको इजलासले अर्का आरोपीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ। राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख धरौटी माग गरिएको जानकारी गराए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


↑