आज:  | Fri, 17, Jan, 2025

दशैंअघि नै प्रक्रिया शुरू गर्दै वायुसेवा निगमले १० वटा जहाज खरिद गर्ने तयारी

२८ आश्विन २०८०, आईतवार १४:२९ मा प्रकाशित ( १ साल अघि) ८५७ पटक पढिएको
नारी बाटिका


काठमाडौं  २८ असोज ।

नेपाल वायुसेवा निगमले दशैंअघि नै प्रक्रिया शुरू गर्दै १० वटा जहाज खरिद गर्ने तयारी गरिरहेको छ । यसै चालु आर्थिक वर्ष २०८०÷८१ मा वायुसेवा निगमले जहाज खरिद गर्ने जनाएको हो ।

आइतबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मन्त्री निवास पुलचोकमा सत्तारूढ कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ(बिच यस्तो बताएका हुन् । निविसंघले विशेष गरी नेपालीको मुख्य चाडपर्व दशैं तिहारका समयमा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै मन्त्री किराँतीलाई आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै दशैं अघिनै निगमले १० वटा जहाज गर्ने तयारी भैरहेको बताएका हुन् ।

साथै मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एक मात्र विकल्प रहेको बताएका छन् ।उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने समेत दाबी गरे । यसका लागि औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने तयारी भैसकेको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस