आज:  | Thu, 16, May, 2024

रितिरिवाज र धर्मको जगेर्नाको शिक्षा दिनको लागी न्यु किबो बोर्डिङ धादिङमा रचनात्मक कार्यक्रम

२९ आश्विन २०८०, सोमबार ०८:०२ मा प्रकाशित ( ७ महिना अघि) ४६३ पाठक संख्या
नारी बाटिका


धादिङ २९ असोज ।

न्यु किबो बोर्डिङ धादिङको स्कुलमा दशै विशेष सन्धर्वमा विद्यार्थीहरुलाई सहभागी गराई रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । दशैंकै अवसरमा धादिङको नीलकण्ठ नगरपालिका–३ मा अवस्थित न्यु किबो बोर्डिङ स्कुलमा दशैको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपालीहरुको महान चाड दशै तिहारको उपलक्ष्यमा विद्यार्थीहरुमा मौलिक चाडपर्व तथा पुर्खाहरुले गर्दै आएका रितिरिवाजहरुलाई बालबालिकामा जानकारी गराउने उदेस्यले विशेष कार्यक्रमको साथमा शुभकामना आदन प्रदान कार्यक्रम राखिएको विद्यालयले जनाएको छ ।

दशैं सुरु भएकै नवरात्रको पहिलो दिन आईतबार घर घरमा घटस्थापना गरि मनाएको हो ।दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नुका साथ साथै विद्यार्थीहरुलाई आफ्नो रितिरिवाज अनि धर्मको जगेर्ना गर्नु पर्छ भन्ने शिक्षा दिने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको जानकारी गराएको छ ।

नेपालमा पछिल्ले समयमा आफ्नो देशको धर्म,संस्कार,रितीरिवाजको बेवास्ता गरी विदेशी धर्म र चालचलनमा रमाउने प्रचलन बढीरहेको बेला विद्यालयका सम्पूर्ण विद्यार्थी बालबालिकाहरुलाई शिक्षकहरुबाट टीका तथा जमरा लगाई विभिन्न सांस्कृतिक रमझमका साथ मनाइएको थियो ।

विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथ साथै व्यवहारीक ज्ञानका लागि यस्ता किसिमका सांस्कृतिक कार्यक्रमहरु गर्नु आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले बताउनु भयो । साना कक्षा का वाल वालिकाहरुले आफैले उमारेर लेराएका जमराहरूको प्रदर्शनी समेत गरिएको थियो ।

पछिल्लो समयमा घर,परिवार देखी विद्यालयसम्म व्यवहारीक ज्ञान शिक्षा प्रदान गर्नमा सरोकारवाला तथा तिनै तहका सरकारले चासो नराख्दा हाम्रो समाजमा विकृर्ती र विसंगती आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस