आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

सरकारद्धारा संन्चालित खाद्य पसलले खसीबोका र च्याङ्ग्राको भाउ २० रुपयाँले घटायो

२०८० कार्तिक ३, शुक्रबार मा प्रकाशित ( २ साल अघि) ८००८ पटक पढिएको
नारी बाटिका


काठमाडौं, ३ कात्तिक ।

चाडपर्व विशेष सरकारद्धारा संन्चालित खाद्य पसलले खसीबोका र च्याङ्ग्राको भाउ २० रुपयाँले घटाएको छ । विशेष गरी चाडपर्व दशैं लाई लक्षित गरी संन्चालित खाद्य पसलले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य २० रुपयाँको दरले घटाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँका दरले घटाएको हो।

यसअघि सरकारले १० रुपैयाँ छुट दिँदै जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० मा बिक्री गर्दै आएको थियो भने च्याङग्राको मुल्य प्रतिकिलो १२५० मा बिक्री गर्दै आएको थियो ।

आजबाट लागु हुने मुल्यमा २० रुपयाँ छुटपछि अब खसी प्रतिकिलो ६५० पर्ने भएको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार २२५ कायम कम्पनीले जनाएको छ।

कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री बितरण गर्न थालेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस