आज:  | Sun, 19, May, 2024

वुधबार धादिङमा छुट्टाछुट्टै ४ स्थानमा सवारी दुर्घटना,१७ जना घाईते २ जनाको अबस्था गम्भिर

९ कार्तिक २०८०, बिहीबार ०९:३१ मा प्रकाशित ( ६ महिना अघि) ४०१ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका डट्कम संवाददाता

धादिङ,०९ कात्तिक ।

वुधबार धादिङ जिल्लाको छुट्टाछुट्टै ४ स्थानमा सवारी दुर्घटना हुंदा १७ जना घाईते भएका छन् . २ जनाको अबस्था गम्भिर रहेको छ । यसैपनि धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्ग नेपालको लगभग ६५ जिल्लामा आवतजावत गर्ने सडकखण्ड भएको कारण अत्याधिक सवारी साधनको चाप हुने गर्दछ । त्यसमाथी पनि चाडपर्वको समयमा झनै सिानाठुला सवारी साधन गुड्ने गर्दा ट्राफिक व्यवस्थापन राम्रो भयपनि गाडीको चाप धेरै हुने हुनाले दुर्घटना न्युनिकरण गर्नमा कठिनै पर्ने गर्छ ।

वुधबार मात्रै धादिङको छुट्टाछुट्टै चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धादिङको गल्छी चिरौदी पुल,बेनिघाटको शीतलबजार,गुजुरीको बन्छेटार, र त्रिपुरासुन्दरीको सल्यानटारमा हिजो सवारी दुर्घटना भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा –४ चिरौदी पुल नजिकै यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल एक आपसमा ठोक्किदा १२ जना घाइते भएका थिए । धादिङ,काठमाडौं चल्ने धादिङबेशी बाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ८३९५ नं।को बसले विपरित दिशावाट आउदै गरेको बा ६० प ४८६९ न.को मोटरसाईकललाई ठक्कर दिएको थियो ।

उक्त बसले मोटरसाईकललाई ठक्कर दिदा उक्त मोटरसाइकल उच्छिटिएर सोही दिशा तर्फ जादै गरेको बा।प्र ०१–०२८ च ९३३६ नं.को कारमा समेत ठोकिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका वडा ६ का २६ वर्षीय जितेन्द्र पाठक, पछाडी सवार उनका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाडौ रिफर गरिएको थियो । बा ३ ख ८३९५ नं.को बसमा सवार धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा न ११ बस्ने ७० कि धनिमाया धमला, धादिङ थाक्रे गाउँपालिका वडा न २ बस्ने बर्ष ४५ को नवराज रिजाल, निजको छोरी बर्ष २१ कि सम्झना रिजाललाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ ।

धनिमाया धमलाको शरिरको भित्री भागमा चोट पुगेको अवस्था मध्यम रहेको,नवराज रिजालको शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम रहेको, सम्झना रिजाल खुट्टामा चोट अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बसका यात्रु काठमाण्डौ चन्द्रागिरि न.पा १४ बस्ने बर्ष ३० कि सुनिता कार्की निधारमा चोट लागेको, निजको छोरी बर्ष ३ कि कृतिका कार्की टाउकोमा चोट लागेको छ । त्यसैगरी धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा न ११ बस्ने बर्ष ७३ को जिव प्रसाद धमला टाउकोमा चोट लागेको छ । धादिङ सिद्वलेक गाउँपालिका १ बस्ने बर्ष ५५ कि खुस कुमारी तिमिल्सेना टाउको र मुखमा चोट लागेको, सोहि स्थान बस्ने बर्ष ९ कि सन्ध्या तिमिल्सेना घाँटीमा चोट लागेकोे छ ।

यसैगरी धादिङ निलकण्ठ नगरपालिका ११ बस्ने बर्ष ४४ को राज कु.श्रेष्ठको ढाड र खुट्टामा चोट लागेको छ । त्यसैगरी सोहि स्थानमा बस्ने बर्ष ४३ को सोम ब। गुरुङ मुखमा चोट लागी अबस्था मध्यम रहेको छ । घाईतहरुलाई प्राथमिक उपचारका लागी गल्छी स्थित अम्वि भरोसा अस्पतालमा पठाईएको र तिन वटै सवारी साधन र वस चालक, कार चालक प्रहरीको नियंन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ ।

त्यसैगरी, धादिङको बेनिघाट रोराङ गा.पा ३ सितलबजार स्थित पृथ्बीराजमार्गमा चितवन बाट काठमाण्डौं तर्फ जादै गरेको नं।को मो.सा र विपरित दिशाबाट आउदै गरेको बा ९९ प ३५४ नं।को मो।सा एक आपसमा ठोकिन गई दुर्घटना भएको छ । दुर्घटनामा नं।को चालक काठमाण्डौ जिल्ला २१ बस्ने बर्ष ५२ को टिकलाल महर्जन, बा ९९ प ३५४ नं।को चालक जिल्ला गोर्खा मार्पाक सुलीकोट गा।पा ४ बस्ने बर्ष ३२ को रमेश राना, निजको श्रीमती बर्ष ३० कि अस्मिता राना घाईते भएका छन् ।

महर्जनको दाहिने खुट्टा , दाहिने हात र छातीमा चोट लागेको,रमेश राना दाहिने खुट्टा,हातमा चोट लागेको र निजको श्रीमती अस्मिता राना दाहिने खुट्टा र पाखुरामा चोट पुगेको छ । तीनै जनको अबस्था मध्यम रहेको प्रहरीले बताएको छ । निजहरुको मलेखु स्थित राजमार्ग अस्पतालमा उपचार भैरहेको र दुबै मोटरसाईकल ईलाका प्रहरी कार्यालय बेनिघाटको नियन्त्रण रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी आज नै गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौतर्फ जाँदै गरेको बा ४ ख ४१७७ नम्बरको माइक्रो बस र काठमाडौबाट गजुरीतर्फ आउँदै गरेको बा २१ प ६०९० नम्बरको हुण्डाई कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा एक जना घाईते भएका छन् ।
वुधबार नै त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटना हुंदा एकजना घाइते भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस