
नारी बाटिका
काठमाडौँ,१४ कात्तिक ।
मौसम विज्ञान विभागका अनुसार आजदेखी तिन दिनसम्म हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख भए बमोजिम आज राति देशभर आंशिक बदली भई मौसम समान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।
भोली वुधबार देशभरमा आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै आगमी विहिबार पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।







प्रतिक्रिया दिनुहोस