आज:  | Wed, 08, May, 2024

भोलीदेखि नारी विकास सहकारी संस्था(नारी सुरक्षा)कार्यालयको खुल्ने समय परिवर्तन

१५ कार्तिक २०८०, बुधबार १४:५५ मा प्रकाशित ( ६ महिना अघि) ५२७ पाठक संख्या
नारी बाटिका


धादिङ, १५ कात्तिक ।

भोलीदेखि नारी विकास सहकारी संस्था(नारी सुरक्षा ) कार्यलयको खुल्ने समय परिवर्तन हुने भएको छ । समयचक्र घुमे संगसंगै श्रावण महिना बाटै नेपालको समय अनुसार दिन छोटो रात लामो हुदै जाने र कात्तिक महिना सुरु भएपछी दिन छोटो हुंदै लगभग ५ बजेतिर साँझ परेझै हुने भएकोले सरकारले हरेक वर्ष कार्तिक १६ गतेबाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने छन्  ।

नारी बिकास सहकारी संस्था तथा (नारी सुरक्षा) ले पनि भोलीदेखी आगमी माघ १ गतेसम्म आफनो कार्यलय खुल्ने समय विहान १०देखी दिनको ४ बजेसम्म हुनेगरी समय परिवर्तन गरेको छ ।

साथै भोलीबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।
भोली कार्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने गर्दछन् ।

तर निजी कम्पनी तथा संघसंस्थाहरुमा भने कामको चाप बढी हुने,समुदायको सेवा गर्दै आम्दानीका — स्रोतहरु संस्था आफैले खोज्दै खर्च ब्यवस्थापन गर्नु भर्ने भएकोले लामो समय कर्मचारीहरु बिदामा बस्दा सदस्य,समुह तथा समुदायका सेवामा वाधा समेत पर्ने भएकाले पनि माघ १ गतेबाटै कार्यलय संन्चलन गर्नुपर्ने अबस्था रहन्छ ।

तर शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ । माघ १ देखि भने प्राय : संघ संस्थाका कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर वर्षभरि हुने सार्वजनिक विदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गरेको छ । जस अनुसार नेपाल राज्य भरका सबै सरकारी कार्यालयहरूमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म हुने उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस