आज:  | Tue, 07, May, 2024

धादिङको सल्यानटारमा कृषि प्रदर्शनी,ब्यापार मेला हुंदेछ । मेलाको उद्घाटन वलीले गर्ने

१७ कार्तिक २०८०, शुक्रबार १२:३४ मा प्रकाशित ( ६ महिना अघि) ४८८ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

धादिङ,१७ कात्तिक ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा आज देखि कृषि प्रदर्शनी तथा ब्यापार मेला हुंदेछ । मेलाको उद्घाटनका लागी नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि केपी शर्मा वली आज धादिङ आउँदै हुनुहुन्छ ।

कात्तिक १७देखि २७ गतेसम्म त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आयोजना हुन लागेको प्रथम कृषि प्रदर्शनी तथा ब्यापार मेलामा उत्तरी धादिङको कृर्षी उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

‘हामी सवैको कृषि तथा बहुउदेस्य सहकारी संस्था लि.को आयोजनामा पहिलो पटक सल्यानटारमा हुन लागेको कृषि प्रदर्शनी ब्यापार मेलामा धादिङ,नुवाकोट लगायतका जिल्लाहरुबाट दर्शकहरुले मेला भर्न आउने अनुमान आयोजकले गरेको छ ।

साथै यस मेलाको मुख्य आकर्षको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी गरिने भएको छ ।

यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी समेत गराईने छ ।

साथै मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने मुल आयोजक सहकारी संस्थाका अध्यक्ष सुरेश श्रेष्ठले बताउनु भयो । ।

कार्यक्रमको उदघाटन अहिले १२ बजेलाई तय गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस