आज:  | Tue, 07, May, 2024

नीलकण्ठ नगरपालिका १२ धादिङकी १ महिला शालक सहित पक्राउ

१८ कार्तिक २०८०, शनिबार १८:३८ मा प्रकाशित ( ६ महिना अघि) १२८२ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ १८ कार्तिक

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १२ की सरिता राउत दुर्लव जनावर मानिएको शालक सहित पक्राउ परेकी छन् । नगरपालिका वडा नम्बर १२ मदने भन्ने स्थानमा स्थानीयवासी सरिता राउतको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले शालकको छाला सहित राउतलाई पक्राउ परेकी हुन् ।

नेपालको जंगलमा पाईने लोपउन्मुख संकटपन्न वन्य जन्तु सालकको छाला लुकाई छिपाई राखेको छ भन्ने सुचनाको अधारमा राउतको घरमा प्रहरीले छापा मार्दा उनको घरको माथिल्लो तलामा सिङ्गै छाला लुकाई छिपाई सुकाई राखेको अवस्थामा बरामद गरिएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले बताउनु भयो ।

बरामद गरीएको छाला सहित राउतलाई थप कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको मिश्रले जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%१%

प्रतिक्रिया दिनुहोस