
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१८ कात्तिक ।
यस वर्षको भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटको समयमा अति उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
पञ्चाङ्ग समितिदवरा मंगलबार सार्वजनि गरिएको भाइटीकाको लागी उत्तम साइत २५ गते बिहान ११ः७ बजेका लागि रहेको जानकारी दिएको हो ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले टिका लगाउँदा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनु पर्ने जानकारी दिनु भएको छ ।
यस्तै, यस वर्ष यमपञ्चक अन्तर्गतको तिहारको पर्व कात्तिक २० गते शुरु हुनेछ भने कात्तिक २० गते शुक्रबार धन त्रयोदशी (धनतेरस) पर्व त्यसै साँझ यम दीपदान गरी मनाईँदैछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइने समितिले जनाएको छ ।
कात्तिक २२ गते आइतबार नरक चतुर्दशी पर्व र त्यसै दिन कुकुर तिहार रहेकोले कुकुर पुजा गरी मिठो खान दिईन्छ भने सोही दिनको साँझ लक्ष्मीपूजा गरिने बताइएको छ।
कात्तिक २३ गते सोमबार गाईपूजा गरिने, कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा तथा हलि तिहार र म्हपूजा गरिनेछ भने यसै दिनबाट नेपाल संवत् ११४७ पनि आरम्भ हुने भएको छ। 












प्रतिक्रिया दिनुहोस