आज:  | Sun, 19, May, 2024

धादिङको सल्यानटारमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

२२ कार्तिक २०८०, बुधबार १६:२५ मा प्रकाशित ( ६ महिना अघि) ५५७ पाठक संख्या
नारी बाटिका


धादिङ,२२ कार्तिक

धादिङको सल्यानटारमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति त्रिपुरासुन्दरी गाउँपालिका सल्यान्टारमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको हो भने दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन् ।

हिंजो राति बा ५० प ७१३८ सिभिआर होण्डा बाइक रोकि राखेको ना ६ त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किदा मोटरसाइकलको पछाडी सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ बस्ने रोशन परियारको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक सन्दीप श्रेष्ठ घाइते भएका छन् ।
सल्यान्टार बगैँचा स्थित गाउँपालिका कार्यालय नजिकै बेलगाउँचोकमा भएको दुर्घटनामा परी गम्भीर घाईते वडा नं. १ रानीपौवाका २२ वर्षीय रोशन परियारको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक सन्दीप श्रेष्ठको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । श्रेष्ठको हात र खुट्टामा गम्भिर चोट लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस