
बिबियु,नारी वाटिका डट्कम
धादिङ -३१ असार ।
धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ।
जनस्वास्थ्य कार्यालय धादिङ जिल्ला अन्तर्रगतको पूर्ण खोप सुनिश्चितता समितिकौ आयोजनामा आज सम्पन्न कार्यक्रममा जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमका बिच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय पुर्ण खोप तालिका अनुसारका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि जिल्लाभरमा पुर्ण खोप घोषणा ग कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिनु भयो ।
जिल्लाका १३ वटै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनु पर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित पूर्ण खोप सुनिश्चित गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण सभा मार्फत घोषणा कार्यक्रमा जिल्ल जन स्वास्थ्य प्रमुख पौडेलले उल्लेखित उमेर समुहका बालबालिकाले
समयमै खोप लगाउन पाउनु उनीहरुको अधिकार भएकोले खोपको महत्व,कार्यक्रम परिचालनमा आईपर्ने चुनौति,त्यसको समाधान तथा खोप लगाउनमा सामुदायिक स्वास्थ्य स्वयं्सेविकाले पुर्याएका योगदानको बारेमा प्रस्तुती गर्नु भएको थियो ।
यस्तै स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धताू भन्ने मूल नाराका साथ आयोजित सभामा जिल्लाका सम्पूर्ण लक्षित बालबालिकाले खोप पाएको सुनिश्चित गर्दै प्रमाणीकरण गरिएको हो।
सभामा प्रस्तुत तथ्याङ्क अनुसार जिल्लाका १३ वटै स्थानीय तहका बालबालिकाको खोप अवस्थाको विवरण सार्वजनिक गरिएको थियो। जसमध्य जिल्लाभरमा विभिन्न कारणले १४ जना बालबालिकाहरु खोप लगाउनबाट बन्चित भएको बताइएको थियो। 













प्रतिक्रिया दिनुहोस