आज: २०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

देशभरमा मनसुनी प्रभाव,आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना

२०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित ( २२ मिनेट अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -३० असार ।

हाल देशैभर मनसुनी वायुको सक्रिया प्रभाव कायम छ । जसका कारण आज अधिकांश क्षेत्रमा बदली रही चट्याङसहित वर्षाको सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका धेरै जसो स्थान साथै अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले प्रभावित क्षेत्रका समुदायले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै आज रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने र कोशी प्रदेशको तराई तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना देखिएको महाशाखाले मौसम बुलेटिन जारी गर्दै जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस