आज:  | Sat, 18, May, 2024

धादिङ जिल्ला प्रशासनबाट गैर आवासीय नेपाली नागरिकता वितरण कार्य सुरू

२२ कार्तिक २०८०, बुधबार १८:३० मा प्रकाशित ( ६ महिना अघि) ३०१ पाठक संख्या
नारी बाटिका


धादिङ,२२ कात्तिक ।

धादिङ जिल्ला प्रशासन कार्यालय बाट गैर आवासीय नेपालीलाई नागरिकता वितरण कार्य सुरू गरेको छ । आज वुधबारबाट धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने गंगा बहादुर बस्नेतलाई गैर आवासीय नागरिकता बितरण कार्यलाई शुभआरम्भ गर्नु भएको हो ।

तेसैगरी आजै गजुरी २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई पनि गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिई यस सेवाको सुरूवात गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस