
नारी बाटिका
काठमाडौँ,२३ कात्तिक ।
विहिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक)परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
आज परीक्षा बोर्डले एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक)परीक्षाको नतिजा सार्वजनिक गरिएको जनाएको छ ।
यस परीक्षामा जम्मा एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
साथै १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्ड जानकारी गराएको छ । रासस








प्रतिक्रिया दिनुहोस