आज:  | Wed, 08, May, 2024

समयमा विद्युत्को महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन नेपाल प्राधिकरणले काट्यो

२५ कार्तिक २०८०, शनिबार १३:५२ मा प्रकाशित ( ५ महिना अघि) ३०७ पाठक संख्या
नारी बाटिका


 

काठमाडौँ,२५ कात्तिक ।

समयमा विद्युत्को महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन नेपाल प्राधिकरणले काटेको छ । गत कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबार सम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ भएका जनाएको छ ।

विद्युत् महसुल असुलउपर हुनु पर्नेमा विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको छ । मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेको हो। उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ

त्येस्तै कोशी प्रादेशिक कार्यालय, विराटनगर अन्तर्रगतका वितरण केन्द्रले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकहरूको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज मातहतका वितरण केन्द्रहले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूले तिर्नुपर्ने बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ भएको छ ।

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल अन्तर्रगतका वितरण केन्द्रले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय, काठमाडौँ अन्तर्रगतको वितरण केन्द्रले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।

त्येस्तै गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । तेहाँको बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ । बागमती प्रदेश डिभिजन कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया अन्तर्रगतका वितरण केन्द्रले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ । कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।

प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि विलको २५ प्रतिशतका दरले थप जरिवाना दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्धरुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस