
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धादिङ -५ वैशाख।
प्राकृतिक रुपमा पनि सुन्दर देखिने निलकण्ठ नगरपालिकाको शहरी क्षेत्रलाई व्यवस्थित गर्न नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम)लागु गरेको छ ।
नीलकण्ठ नगरपालिका क्षेत्रभित्र रहेका १६ हजार ३ सय ९१ घरधुरीमध्ये पहिलो चरणमा ३ हजार ८५० घरधुरीमा यस प्रणाली राख्ने कार्य थालनी गरिएको हो ।
उक्त प्रणाली अनुसार पहिलो चरणमा नगरपालिकाको १४ वटा वडामध्य.३,४,८ र १२ मा यो कार्यक्रमले निजी घरमा नम्बर प्लेट लगाएर यस प्रणालीको सुरुवात गरेको छ भने यसपछी नगरभित्रका १४ वटै वडामा यस कार्यक्रम विस्तार गरिने भएको हो ।
हाउस नम्बरिङ र रोड इन्फरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले यस प्रणाली वैज्ञानिक भएको बताइएको छ । यस कार्यक्रम अन्तर्गत सडक पहिचान गरेर सडकको सुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोही अनुसार नै घर नम्बर दिइन्छ । जसमा दायाँ–बायाँ क्रमशः जोर(विजोर नम्बर दिने गरिन्छ ।
बाटोको आमुन्ने(सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोर नम्बर र बायाँतिर बिजोर नम्बर दिइने गरेको नगरपालिकाका पूर्व सल्लाहकार दिपक कोइरालाले जानकारी दिए ।
प्रविधिको विकाससँगै सबै सेवाहरू आधुनिक हुँदै गएकाले यस प्रणालीलाई प्रविधिसँंग जोडेर नगरवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले कार्य अगाडि बढाइएको र आपतकालीन अवस्थामा पनि घर नम्बरबाट तुरुन्तै घरको पहिचान हुने हुँदा दमकल,एम्बुलेन्स,टेलिफोन,विद्युत,खानेपानीलगायत सेवा दिनसमेत यस प्रणालीले सहयोग गर्ने लक्ष राखिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रशाद ढुंगानाले बताउनु भएको छ ।
यस्तै कुनै विपत्को घटना घटेमा पनि प्रहरीलाई आवश्यक पर्दा तात्कालै प्रभावित व्यक्तिको घरमा पुगेर उद्धार गर्न सहज हुने भएकाले पनि यो प्रणाली जडान भएका घरघुरी र सडकको डिजिटल नक्सा तयार गरी राखिने भएकाले गुगल म्यापका आधारमा घर पहिचान गर्न सकिने नगर प्रमुख भीमप्रसाद ढुँगानाले बताउनु भयो ।
धादिङ जिल्लाको धादिङस्थित जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका आधुनिक, व्यवस्थित र स्मार्ट सिटी निर्माण गर्नतर्फ अघि बढ्ने लक्ष्यमा एक कदम अगाडि बढेको छ ।








प्रतिक्रिया दिनुहोस