आज:  | Tue, 18, Feb, 2025

सरकारले टिकटक माथी लगाईएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट

१ मंसिर २०८०, शुक्रबार १६:२६ मा प्रकाशित ( १ साल अघि) २७४२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ,०१ मंसिर ।

सरकारले नेपालमा टिकटक माथी लगाईएको प्रतिबन्ध विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर गरिएको हो ।

गत कात्तिक २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने तिहारको आसपासमा आएर सरकारले टिकटक बन्द गरेको थियो । यसको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर गरिएको हो । रिटमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध १० वटा रिट निवेदन परेका छन् भने यस विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको जनाईएको छ । सरकारले गरेको निर्णय पछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णय विरुद्ध सुक्रबार सर्वोच्च अदालतमा रिट परेको हो ।

सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचार विरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण खोली सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस