आज:  | Wed, 17, Jul, 2024

त्रिपालको भरमा खुल्ला चौरमा रात विताईरहेका जाजरकोटका भूकम्प पीडित चिसोका कारण ४ जनाको मृत्यु

१ मंसिर २०८०, शुक्रबार २०:०० मा प्रकाशित ( ८ महिना अघि) ४७८ पाठक संख्या
नारी बाटिका


जाजरकोट,०१ मंसिर ।

कात्तिक १७ मा गएको भुकम्पबाट बस्ने घर भत्किएपछी त्रिपालको भरमा खुल्ला चौरमा रात विताईरहेका जाजरकोटका भूकम्प पीडित चिसोका कारण ४ जनाको मृत्यु भएको छ । यसअघी २ जना र वुधबार २ जना गरी चिसोका कारण ४ जनाले ज्यान गुमाएका हुन् । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालका भरमा खुल्ला चौरमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

मृतक कार्की र सिंह दुवै दमका दीर्घरोगी थिए भने पछिल्लो सपयको चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको जनाएको छ । साथै भूकम्पपछि आफ्ना घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार भन्दा बढी घरपरिवारहरु त्रिपालमुनि बस्दै आएका छन् ।

जाडोको मौसम न त पोषिलो खानेकुरा न त तातोपिरो, त्रिपालमुनिको बसाइँले साना बालबालिका,सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो।

उहाँका अनुसार यसअघि गत साता नलगाड–४ मा पनि चिसोका कारण दुईजना दीर्घरोगीको ज्यान गएको थियो । चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस