आज: २०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

नारायणी नदिमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

२०८३ अषाढ ४, बिहिबार मा प्रकाशित ( ३ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -४ असार ।

नारायणी नदिमा आज हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार भएको छ । बिहिबार बिहान देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षिय झनक प्रसाद पौडेल उक्त नदिमा हाम फालेर आत्महत्या गर्न खोजेका थिए ।

उक्त घटना पछि सशस्त्र प्रहरी बल नेपाल नं.३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले वृद्धलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

उद्धार गरिएका निजलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ । वृद्धको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिको बीच भागमा अड्कीएका एक जनाको पनि आजै सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

त्यस्तै आजै भोटेकोशी गाउँपालिका–१ लिस्तीका २३ बर्षिय संजिव बिकलाई भोटेकोशी नदिले बगाएको थियो भने युवालाई सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले नदिको बिच भागमा रहेको ढुङ्गामा अड्कीएको अवस्थामा उद्धार गरेको थियो ।

उद्धार युवालाई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको बताईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस