आज:  | Tue, 07, May, 2024

ट्रक स्कुटरको ठक्करबाट छुट्टा छुट्टै स्थानमा दुई पैदलयात्रीको मृत्यु

२ मंसिर २०८०, शनिबार १२:३४ मा प्रकाशित ( ५ महिना अघि) २१८ पाठक संख्या
नारी बाटिका


काठमाडौं,०२ मंसिर ।

ट्रक र स्कुटरको ठक्करबाट छुट्टा छुट्टै स्थानमा दुई पैदलयात्रीको मृत्यु भएको छ । कैलाली र मकवानपुरमा सवारीसाधनको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको हो ।

कैलालीको अत्तरियामा शुक्रबार साँझ धनगढीबाट आइरहेको मधेश प्रदेश ०३०१ ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा गएराति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। ट्रक चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी मकानपुर हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट पैदलयात्री ४३ वर्षकी गोपिनी विश्वकर्माको मृत्यु भएको छ ।

विश्वकर्मालाई ठक्कर दिने ना २५ प ८३५६ नम्बरको स्कुटर र चालक हेटौँडा–१ का ३५ वर्षीय इलेश श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस